बुधबार, असार १०,२०८३ 10:52:01
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:52:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओली-लेखकमाथि तुरुन्त कारबाही ! सुरक्षा निकायमा भने अध्ययन समिति

Laxmi Sunrise Bank Limited
ओली-लेखकमाथि तुरुन्त कारबाही ! सुरक्षा निकायमा भने अध्ययन समिति

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा गौरीबहादुर कार्की अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बैठकले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका व्यक्तिहरूमाथि तत्काल कारबाही अघि बढाउने निर्णय गरेको छ।

New Office
CG Motors
Garima Development Bank

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुरक्षा निकायसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने छुट्टै अध्ययन समिति गठन गरी सो समितिको सिफारिसबमोजिम मात्र कारबाही गर्ने निर्णय भएको छ।

आयोगले सात जनाविरुद्ध मुद्दा चलाउन र १५ जनाविरुद्ध विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।

मुद्दा चलाउन सिफारिस भएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आइजिपी चन्द्रकुबेर खापुङ (१० वर्ष सजाय) तथा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, अनुसन्धान विभाग प्रमुख हुतराज थापा र सीडीओ छवि रिजाल (३ वर्ष सजाय) रहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभागीय कारबाही सिफारिस भएकाहरूमा प्रहरीतर्फ दानबहादुर कार्की, सिद्धिबिक्रम शाह, ओम राना, विश्व अधिकारी, दीपशमशेर जबरा, ऋषिराम कँडेल; सशस्त्र प्रहरीतर्फ नारायणदत्त पौडेल, सुरेश श्रेष्ठ, जीवन केसी; सेनातर्फ मनोज बैदवार, दिवाकर खड्का, गणेश खड्का, सन्तोष ढुंगेल र अनुसन्धान विभागका कृष्णप्रसाद खनाल, रिबेन कुमार गच्छदार छन्।

सुरक्षा निकायका व्यक्तिहरूमाथि भने थप अध्ययन समिति गठनपछि मात्र कारबाही हुने भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.