काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा वरीयताका हिसाबले दोस्रो स्थानमा स्वर्णिम वाग्ले रहेका छन् भने तेस्रो नम्बरमा सुधन गुरुङ छन् । वाग्लेले अर्थ मन्त्रालय सम्हालेका छन् भने गुरुङ गृहमन्त्री नियुक्त भएका छन् ।
यससँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रीहरूलाई शपथ गराएका हुन् । यसअघि सोही समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि शपथ लिएका थिए ।
शपथ ग्रहण कार्यक्रम धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सम्पन्न भएको थियो, जहाँ बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो ।
वरीयता:
– बालेन्द्र शाह, प्रधानमन्त्री
– स्वर्णिम वाग्ले, अर्थमन्त्री
– सुधन गुरुङ, गृह मन्त्री
– शिशिर खनाल, परराष्ट्र मन्त्री
– सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
– विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री
– खड्कराज पौडेल (गनेश), पर्यटनमन्त्री
– सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
– निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री
– विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
– प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
– दीपक साह (महोत्तरी), श्रम रोजगार मन्त्री
– सोविता गौतम, कानुन मन्त्री
– गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री,
-सीता वादी महिला, बालबालिका मन्त्री

