बिहीबार, बैशाख ३१,२०८३ 11:01:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:01:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जागरणसभामा एमाले कार्यकर्ताले फोहोर गरे, बालेनले गराए १ लाख जरीवाना

Laxmi Sunrise Bank Limited
जागरणसभामा एमाले कार्यकर्ताले फोहोर गरे, बालेनले गराए १ लाख जरीवाना
Shivam Cement

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका कार्यकर्ताले शहर फोहोर गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले १ लाख जरीवाना गराएको छ ।  

एमालेले दरबारमार्गमा शुक्रबार शक्ति प्रदर्शनका लागि आमसभा गरेको थियो । जागरण सभाको नाम दिइएको कार्यक्रमका क्रममा सडक, सडकपेटी र आसपास जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा महानगरले १ लाख रुपैयाँ जरीवाना गराएको हो । 

Bizshala
New Office
CG Motors

महानगरले एमाले पार्टी कार्यालयको नाममा पठाएको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००(अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

Garima Development Bank
Shivam Cement
IME remit

पत्रमा महानगरका प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षर रहेको छ ।  

पछिल्लो समय विभिन्न विषयहरुमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन शाह)बीच आरोपप्रत्यारोप चल्दै आएको छ । दुवैले एकअर्काविरुद्ध सामाजिक सञ्जालमार्फत कटू आलोचना गर्दै आएका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.