काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेका छन् ।
बालेनको सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै जेन जीहरुबाट बालेनले अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने माग आए पनि बालेनले भने सुशीला कार्कीलाई समर्थन गरेका हुन् ।
बालेनको समर्थनसँगै अब अन्तरिम सरकारको नेतृत्वमा पुग्ने कार्कीको सम्भावना प्रवल बनेको छ ।
नेपाली सेनाले जेन जीका विभिन्न समूहहरुसँग गरेको छलफलमा पनि सुशीला कार्कीको नाम प्रस्ताव भएको छ। केहीले बालेन शाह वा हर्क साम्पांगको नाम समेत प्रस्ताव गरेका छन् । तर, धेरैले बोलन शाह र सुशीला कार्कीको नाम लिएका तथा बालेनले पनि कार्कीलाई नै समर्थन गरेका कारण सेनाले भोलि बोलिकासम्म सोही अजेण्डासहित राष्टपतिसँग वार्ता गराउने वातावरण मिलाउने सम्भावना रहेको समेत बताइएको छ ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीश रहेकी सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बने नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् ।
उनी नेतृत्वको सरकारले चुनाव गराई ताजा जनादेशमा जनताले साथ दिने दल वा नेतालाई सत्ता हस्तान्तरण गर्नेछिन् ।