सर्वोच्च Vs सरकार: राजदूत फिर्ती विवादमा नयाँ मोड, मन्त्रिपरिषद्को निर्णय कायमै
काठमाण्डौ । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारी निर्णयलाई रोकेर अन्तरिम आदेश जारी गरे पनि अन्तरिम सरकारले आफ्नो अडान छाडेको छैन र उनीहरूलाई नेपाल फर्काउन नयाँ पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई मन्त्रालयमै हाजिर हुन आउन निर्देशन दिँदै दोस्रो पत्र पठाएको हो।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        