सोमबार, बैशाख ७,२०८३ 06:15:53
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:15:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री कार्कीद्वारा स्वास्थ्य बीमा समस्या समाधानका लागि सर्वपक्षिय बैठक आह्वान

Bizshala
प्रधानमन्त्री कार्कीद्वारा स्वास्थ्य बीमा समस्या समाधानका लागि सर्वपक्षिय बैठक आह्वान
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न सक्रिय पहल सुरु गरेकी छन्। यसै क्रममा, उनले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू, स्वास्थ्य बीमा बोर्डका प्रतिनिधि र सरोकारवालाहरूसँग छलफल गर्न सर्वपक्षिय बैठक आह्वान गरेकी छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

देशका विभिन्न अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम समयमै नपाउँदा सेवा प्रवाहमा कठिनाइ भईरहेको अवस्थामा प्रधानमन्त्रीबाट सर्वपक्षिय बैठक आह्वान भएको हो । केही अस्पतालहरूले सेवा स्थगित गर्ने चेतावनीसमेत दिएका थिए। स्वास्थ्य सेवा प्रदायकहरूले लामो समयदेखि भुक्तानी नपाउँदा सञ्चालनमा चुनौती भईरहेको जनाउँदै आएका छन्।

CG Motors
Garima Development Bank
IME remit

प्रधानमन्त्री कार्कीले बैठकमार्फत स्वास्थ्य बीमा प्रणालीलाई पारदर्शी, द्रुत र प्रभावकारी बनाउन आवश्यक सुधारका कदमहरू तय गर्ने लक्ष्य राखेकी छन् छ। यस पहलले अस्पताल र बीमा बोर्डबीचको समन्वय सुधार्ने मात्र नभई सर्वसाधारणले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चितता पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.