स्वास्थ्य बीमा बोर्डद्वारा औषधि दररेटसम्बन्धी यस्तो निर्देशन जारी
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई औषधिको न्यूनतम दररेट दाबी गर्ने सम्बन्धमा स्पष्ट निर्देशन जारी गरेको छ। बोर्डका अनुसार सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट २०८१ बमोजिम औषधिका लागि तोकिएको दररेटभन्दा अस्पतालको आन्तरिक दररेट न्यून भएमा सोही अस्पतालको दररेट दाबी गर्नुपर्नेछ।

