बिहीबार, चैत्र २१,२०८१ 04:21:57
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:21:57
IME remit
Global IME Bank Limited

थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै

Hyundai Nepal
थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै
Nabil Bank Limited

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले थप १२ वटा अस्पताललाई स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाको लागि अनुमति दिएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत थप १२ वटा अस्पताललाई स्वास्थ्य सेवाका लागि सूचिकृत गरेको हो ।  

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि सूचिकृत गराएको छ । बोर्डले उक्त अस्पतालहरुलाई आगामी आर्थिक वर्षदेखि लहुनेगरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गर्न स्वीकृति दिएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

बोर्डले आव २०८१/८२ बाट लागु हुनेगरी सेवा प्रदान गर्न स्वीकृति दिएको थप १२ वटा अस्पतालहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही,बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल,  बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को,  नेपालगञ्ज मेडिकल कलेज बाँके चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर र मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला रहेका छन् ।

त्यसैगरी आँखा अस्पतालहरुमा दृष्टि आइ अस्पताल पोखरा र दिव्यज्योति आइ केयर झापा  रहेका छन् ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.