काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरुलाई थप सेवाको दाबी बा्र्डमा नगर्न निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
हाल बोर्डमा सूचीकृत सेवा प्रदायक संस्थाहरुबाट दिनहुँ जस्तै थप सेवा र संस्थाको स्तरोन्नति पश्चात थप हुने सेवाहरुको लागि निवेदन प्राप्त भएको सन्दर्भमा बोर्डबाट औपचारिक निर्णय नभएसम्म, बिगतमा बोर्डसंग भएको सेवा सम्झौता अनुरुप सेवा प्रवाहलाई निरन्तरता दिई थप सेवाहरुको दाबी स्वास्थ्य बीमा बोर्डमा नगरिदिन बोर्डले भनेको छ ।
यस्तै बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन तथा कार्यान्वयन गर्न हालसम्म सेवाप्रदायक संस्थाहरूले पुयाउँदै आएको निरन्तर सहयोग तथा योगदानप्रति धन्यवाद प्रकट गरेको छ ।

