बिहीबार, असार ११,२०८३ 02:14:29
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:14:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्रीको बोल्ड कदम: पहिला ६६ सदस्यीय सचिवालय २० मा झारिन्, आलोचनापछि त्यसलाई पनि घटाएर ६ जनामा सीमित गरिन् !

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीको बोल्ड कदम: पहिला ६६ सदस्यीय सचिवालय २० मा झारिन्, आलोचनापछि त्यसलाई पनि घटाएर ६ जनामा सीमित गरिन् !

काठमाण्डौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संरचना ठूलो परिमाणमा घटाएकी छन्। २० सदस्यीय सचिवालयमध्ये उनले १४ जना सदस्यलाई एकैपटक हटाउँदै सचिवालयलाई ६ जनामा झारेकी हुन्।

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार बाँकी रहेका ६ जना सदस्य पहिले नै नियुक्त भइसकेका व्यक्ति हुन्। यसरी घटाइएको संरचनामा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ भने जस्ताको तस्तै राखिएका छन्। तर उनका श्रीमती तथा सचिवालय सदस्य संगीता श्रेष्ठलाई भने कार्कीले हटाएकी छन्।

नवीन संरचनामा अब प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ राखिने व्यवस्था गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री कार्की केही समयअघि स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नै श्रीमतीलाई सचिवालयमा नियुक्त गरेपछि उठेको विवादमा परेकी थिइन्। श्रीमती नियुक्तिको कारण आलोचना खेपिरहेका आदर्शलाई पदमा कायम राखिएको भए पनि संगीतालाई भने हटाइएको छ।

यसबाहेक, जेनजी आन्दोलनका प्रतिनिधि भनेर सचिवालयमा प्रवेश भएका सदस्यहरूलाई पनि कार्कीले हटाइदिएकी छन्। यसअन्तर्गत जेनजी आन्दोलनका अभियन्ता प्रदीप ज्ञवाली, आकृती घिमिरेलगायतलाई सचिवालयबाट बाहिर गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.