मंगलवार, श्रावण १९,२०८३ 10:11:39
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:11:39
Bizshala
Global IME Bank Limited

छठलगत्तै सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री

छठलगत्तै सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले छठलगत्तै मन्त्रिपरिषद बिस्तारको तयारी गरेकी छिन् ।  

सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले मंगलबार(आज) अपरान्हदेखि रातिसम्म चलेको सरकार र राजनीतिक दलका प्रतिनिधिबीचको छलफल सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले सरकार बिस्तारको तयारीबारे सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिंदै भनेः 'सरकार बिस्तारबारे प्रधानमन्त्री ज्यूले पनि केही न केही सोचिरहनुभएको र सोअनुसारको तयारी गरिरहनुभएको जस्तो लागेको छ। सम्भवतः तिहार र छठलगत्तै बिस्तार हुन्छ।'

लामो समयदेखि सरकारमा जेनजी प्रतिनिधिहरुको सहभागिता नभएको भन्दै आलोचना भइरहेको छ । प्रधानमन्त्री कार्कीले यसअघि नै सरकार बिस्तार गर्न खोजे पनि तयार भएका केही नामहरु विवादित भएपछि होल्ड गरेकी थिइन् । अब भने विभिन्न पक्षसँग घनीभूत छलफलहरु भइसकेका कारण छठलगत्तै सरकार बिस्तारको सम्भावना देखिएको छ ।  

मन्त्रिपरिषदमा सहभागी हुने नयाँ मन्त्रीको नामहरुको विषयमा भने सरकारका प्रवक्ता खरेलले केही पनि खुलाएनन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.