मंगलवार, श्रावण १९,२०८३ 10:12:52
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:12:52
Bizshala
Global IME Bank Limited

अन्तरिम सरकारमा संकट : तीन मन्त्रीले चाँडै राजीनामा दिने सम्भावना

अन्तरिम सरकारमा संकट : तीन मन्त्रीले चाँडै राजीनामा दिने सम्भावना
New Office

काठमाण्डौ । नागरिक सरकारको रूपमा गठित वर्तमान अन्तरिम मन्त्रिपरिषद्मा नयाँ तरंग पैदा भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तीनजना मन्त्रीलाई राजीनामा दिन सुझाव दिएको स्रोतहरूको दाबीले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ । 

यसले सरकारको स्थिरता र आगामी निर्वाचनको तयारीमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।

स्रोतका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरूको राजनीतिक सक्रियतामाथि गम्भीर आपत्ति जनाएकी थिइन् । अन्तरिम सरकारको प्रकृतिअनुसार मन्त्रीहरूले कुनै पनि राजनीतिक दल वा गतिविधिमा संलग्न नहुनुपर्ने उनको अडान रहेको बताइएको छ । 

विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई लक्षित गर्दै प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गरेको एक मन्त्रीले गोप्य रूपमा जानकारी गराएका छन् ।

कुलमान घिसिङको पछिल्लो राजनीतिक कदमले यो विवादलाई बढावा दिएको देखिन्छ । उनले संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतंत्र पार्टी (रास्वपा) मा विलय गराएपछि रास्वपाले घिसिङलाई उपसभापति पद दिएका थिए । यसैगरी, बब्लु गुप्ता पनि रास्वपाको विभिन्न कार्यक्रममा सक्रिय देखिएका छन् भने जगदीश खरेलमाथि व्यक्तिगत स्वार्थका आधारमा राजनीतिक चलखेल गरेको आरोप प्रधानमन्त्री निकट स्रोतले लगाएको छ ।

भदौमा भएको जनजी आन्दोलनपछि गठित यो नागरिक सरकारलाई तटस्थ र निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने दबाब बढ्दै गएको अवस्थामा यस्तो निर्देशन आएको हो । आगामी मार्चमा हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ बनाउन पनि मन्त्रीहरूको राजनीतिक संलग्नता हटाउन आवश्यक ठानेर प्रधानमन्त्रीले यो कदम चालेको बुझिएको छ ।

यदि यी तीन मन्त्रीले राजीनामा दिएमा सरकारको संरचना परिवर्तन हुनेछ र नयाँ नियुक्तिको प्रक्रिया सुरु हुने सम्भावना छ । यसले अन्तरिम सरकारको कार्यसम्पादनमा असर पर्न सक्ने तथा विभिन्न राजनीतिक दलहरूबीच नयाँ समीकरणको चर्चा चल्ने विश्लेषकहरूको भनाइ छ । तर, मन्त्रीहरूले अझै औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो घटनाक्रमले अन्तरिम सरकारभित्रको एकतामा प्रश्नचिह्न खडा गरेको छ भने निर्वाचन नजिकिँदै गर्दा राजनीतिक सरगर्मी थप बढ्ने निश्चित देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.