बिहीबार, असार ११,२०८३ 02:15:00
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:15:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी आन्दोलनका क्रममा केही व्यक्तिको घरमा नगद भेटिएको बारे छानबिन सुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलनका क्रममा केही व्यक्तिको घरमा नगद भेटिएको बारे छानबिन सुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न व्यक्तिहरुको घरमा भेटिएका नगदको विषयमा छानबिन सुरु भइसकेको औपचारिक जानकारी गराएकी छिन् ।  

प्रधानमन्त्री भएपछि राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएका कतिपय व्यक्तिको घरमाट नगद भेटिएको विषयमा सरकारले छानबिन सुरु गरिसकेको जानकारी गराएकी हुन् । 

New Office
CG Motors
Garima Development Bank

सरकारले यसअघि नै सम्पत्ति शुद्धिकरण विभाग लगायतका सम्बन्धित निकायलाई परिचालन गरी ठूलो परिमाणमा रकम भेटिएका नेताहरुको घरमै गएर अनुसन्धान थालिसकेको छ । यही विषय प्रधानमन्त्रीले औपचारिक रुपमा देशबासीलाई जानकारी गराएकी हुन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन मन्त्री दीपक खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको घरमा ठूलो परिमाणमा रकम भण्डारण गरेर राखिएको अवस्थामा भेटिएको थियो । सर्वसाधारणहरुले धेरै ठूलो परिमाणको रकम जलेर टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको भन्दै नेताहरुले भ्रष्टाचार गरी कालोधन त्यसरी घरमै थुपारेर राखेका भेटिएको दाबी गरेका थिए ।  

यस्तै, उनले राष्ट्रका कर्मचारीहरुलाई रुपान्तरणसहित उच्च मनोबलका साथमा काम गर्न समेत आग्रह गरेकी छिन् । मनोबल कमजोर नबनाई तोकिएको जिम्मेवारी पूरा गर्नतर्फ लाग्न उनको सुझाव छ ।  

साथै, चाडपर्वको बेला खाद्य आपूर्तिलाई सहज बनाइएको र नागरिकहरुको सुरक्षा प्रबन्ध समेत राम्रोसँग मिलाइएको जानकारी गराउँदै ढुक्क भएर चाँडपर्व मनाउन समेत उनले आग्रह गरेकी छिन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.