मंगलवार, श्रावण १९,२०८३ 10:10:39
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:10:39
Bizshala
Global IME Bank Limited

मौन अवधिमा अनुशासन र संयमित प्रचार गर्न प्रधानमन्त्री कार्कीको आग्रह

मौन अवधिमा अनुशासन र संयमित प्रचार गर्न प्रधानमन्त्री कार्कीको आग्रह
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा त्यसअघि संयमित र मर्यादित ढंगले प्रचार–प्रसार गर्न आग्रह गरेकी छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचन प्रक्रियामा खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीप्रति विशेष धन्यवाद व्यक्त गरिन्। ‘तपाईहरूको निष्पक्षता र मेहनतले नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले मुलुकमा दण्डहीनतालाई कुनै पनि हालतमा प्रश्रय नदिने स्पष्ट पारिन्। कानूनबमोजिम गर्नुपर्ने कारबाहीमा सरकार पछि नहट्ने बताउँदै उनले विधिको शासनप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्रीले देश पुनः इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने मतदानले नागरिकको भविष्य निर्धारण गर्ने बताइन्। जटिल र संवेदनशील संक्रमणकालीन अवस्थालाई पार गर्दै मुलुक संविधानको मार्गमा अघि बढ्न सफल भएको उल्लेख गर्दै उहाँले यसलाई नागरिकको संयम र सहकार्यको परिणामको रूपमा चित्रित गरिन् ।

राजनीतिक स्थायित्व र समृद्धिको यात्रालाई सुदृढ बनाउन सबै मतदातालाई अनिवार्य रूपमा मतदानमा सहभागी हुन उहाँले आग्रह गरिन्। ‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाउनु मात्र होइन, आफ्नो र सन्तानको भविष्यबारे निर्णय लिनु हो,’ उनले भनिन्। फागुन २१ गते अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न उनले हार्दिक अपिल गरिन् ।

प्रधानमन्त्रीले चुनावी प्रतिस्पर्धामा रहेका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई धन्यवाद दिँदै उनीहरूको सक्रियताले लोकतन्त्रलाई जीवित राख्ने बताइन्।

साथै, सामाजिक सञ्जाल र केही आमसञ्चार माध्यममार्फत फैलाइँदै आएका तथ्यहीन, कृत्रिम तथा भ्रामक सामग्रीप्रति सजग रहन आग्रह गर्दै त्यस्ता गतिविधिलाई सरकारले निगरानीमा राखी कानुनी दायरामा ल्याइरहेको जानकारी दिइन् ।

सम्बोधनको अन्त्यमा उनले शान्ति र अमनचयन कायम राख्न सबैमा आग्रह गर्दै मुलुकसामु आएको ऐतिहासिक जिम्मेवारी जिम्मेवारीपूर्वक निर्वाह गर्न आह्वान गरिन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.