बिहीबार, असार ११,२०८३ 03:50:23
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:50:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालुवाटारमा प्रधानमन्त्रीसँग ४ घण्टा छलफल गरेका जेनजी आन्दोलनका घाइते भन्छन् -'माग पूरा नभए फेरि आन्दोलन'

गृहमन्त्रीले भने-“भाग्न खोजेकाहरू नेपालमै छन्, लुकेर बस्ने अवस्था छैन”

Laxmi Sunrise Bank Limited
बालुवाटारमा प्रधानमन्त्रीसँग ४ घण्टा छलफल गरेका जेनजी आन्दोलनका घाइते भन्छन् -'माग पूरा नभए फेरि आन्दोलन'

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग चार घण्टा लामो छलफल गरेकी छिन् । 

सो क्रममा उनीहरुका सुझाव तथा मागहरुको विषयमा कुराकानी भएको बुझिएको छ ।  

आज बिहान साढे १० बजे सुरु भएको यो बैठकमा सहभागी घाइतेहरूले सरकारलाई भ्रष्टाचार र आन्दोलनमा भएको दमनको विषयमा कडा रुपमा प्रस्तुत हुन सुझाए ।  

साथै, यदि कारबाही अघि नबढाए सडकमा पुनः आन्दोलन गर्ने चेतावनी पनि दिए।

New Office
CG Motors
Garima Development Bank

घाइते प्रतिनिधि रुपिन खड्काको नेतृत्वमा आएका १८ जनाको समूहले वर्तमान सरकारले आफ्नो क्रान्तिकारी प्रतिबद्धतालाई व्यवहारमा देखाउनुपर्ने बताएको थियो। खड्काले भने, “हामीले जसका विरुद्ध आन्दोलन गरेका थियौँ, तिनीहरूलाई किन अझै नियन्त्रणमा लिन सकिएको छैन? कानुन र संविधानले अवरोध गरिरहेको हो भने त्यसको समाधान तुरुन्त खोजिनुपर्छ।”

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलन दमनको घटनाबारे छानबिनको वर्तमान स्थिति विवरण दिएका थिए। घाइतेहरूले ०८४ को चुनावलाई ०८२ मा सारिएको विषयलाई लिएर पनि प्रश्न उठाएका थिए।

प्रधानमन्त्री कार्कीले बैठकमा भनेकी छन्, “हामी जेनजी आन्दोलनको मूल भावना बिर्सने छैनौं। कानूनी र प्रक्रियागत सीमाभित्र रहँदै छानबिन र चुनाव दुवै सञ्चालन हुनेछ। राज्यका निकायले भ्रष्टाचारको अनुसन्धान तीव्र गतिमा गरिरहेका छन्। तपाईंहरू बोल्न नछोड्नुहोस्, हामीमाथि दबाब दिन नछोड्नुहोस्। परिणाम आउन निश्चित छ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

घाइतेहरूले कतिपय आरोपित भाग्ने प्रयास वा सम्पत्ति लुकाउने गतिविधिबारे चिन्ता व्यक्त गरेका थिए। गृहमन्त्री अर्यालले भने, “भाग्न खोजेकाहरू अब नेपालमै छन् र लुकेर बस्ने अवस्था छैन।”

बैठकमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङ, शिक्षा मन्त्री महावीर पुन र सञ्चार मन्त्री जगदीश खरेल पनि सहभागी थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.