बिहीबार, असार ११,२०८३ 02:13:06
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:13:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याएकी छिन्।

मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग करिब पाँच घण्टा लामो छलफल गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सम्पूर्ण संयन्त्र अहोरात्र खटिएका छन्।”

New Office
CG Motors
Garima Development Bank

जेन-जीसँग पनि संवादको तयारी

प्रधानमन्त्री कार्कीले आन्दोलनमा संलग्न जेन-जी युवाहरूसँग राजनीतिक दलहरूलाई सँगै बस्न नयाँ प्रस्ताव समेत अघि सारिन्। उनले भनिन्, “राष्ट्रपतिज्यूबाट संवादको ढोका खोल्ने पहल भइसकेको छ। अब जेन-जी र दलहरूबीच प्रत्यक्ष छलफलको समय आएको छ।”

उनका अनुसार विगत केही हप्तादेखि सरकार आन्दोलनका घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत व्यवस्थापनमा केन्द्रित भएकाले दलहरूसँगको संवादमा केही ढिलाइ भएको हो। “सुरुआती चरणमा जेन-जी युवाहरूले दलहरूसँग संवाद गर्न चाहेका पनि थिएनन्,” उनले थपिन्।

‘स्थिति सामान्यीकरण गर्दै चुनावतर्फ जाऔं’

कार्कीले सबै दलहरूलाई आपसी अविश्वास त्याग्दै देशलाई स्थिरतामा लैजाने साझा जिम्मेवारीमा एकताबद्ध हुन आह्वान गरिन्।

“जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔं। चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौं। सरकार तपाईंहरूका चिन्ता र चासो सम्बोधन गर्न तयार छ,” उनले भनिन्।

दलहरूको चासो : सुरक्षाप्रति आशंका, तर सहमति पनि

बालुवाटारको बैठक अपरान्ह ४ बजेदेखि सुरु भई राति पौने ९ बजे सकिएको थियो। बैठकमा अधिकांश दलका नेताहरूले शान्तिपूर्ण चुनावका लागि सुरक्षाको विषयमा सरकारलाई थप तयारी गर्न सुझाव दिएका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, “निर्वाचनमा जाने कुरामा सबै दल सहमत देखिएका छन्। एमालेले यो सरकारले चुनाव गराउन सक्छ कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध भने गरेको छैन,” उनले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

को-को सहभागी भए

बैठकमा सरकार तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित थिए।

राजनीतिक दलहरूबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रका वर्षमान पुन र पम्फा भुसाल, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतम, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, नेमकिपाका प्रेम सुवाल, जनमत पार्टीका चन्दनकुमार सिंह तथा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी थिए।

संवाद र सहकार्यतर्फ अग्रसरता

बैठकले राजनीतिक दलहरूबीच संवादको प्रक्रिया पुनः सक्रिय बनाउने र निर्वाचन तयारीलाई अघि बढाउने सकारात्मक सन्देश दिएको सरकारी स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्कीले बैठकको अन्त्यमा भनिन्, “अहिले सबैभन्दा ठूलो जिम्मेवारी देशलाई स्थायित्व र जनताको विश्वास दिलाउने हो। त्यसका लागि भयरहित चुनाव पहिलो कदम हुनेछ।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.