काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीका श्रीमानलाई थप उपचार गर्न भारत लगिने भएको छ । प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि आज भारत लाने तयारी गरिएको हो ।
सुवेदी गत बिहिबार पिसावको संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा ४ दिनदेखि उपचाररत छन् ।
उनलाई पिसावमा संक्रमण, रिगांटा लाग्ने र पेटमा समस्या देखिएको जनाइएको छ ।
उनलाई उपचारका लागि लैजाने अस्पतालको बारेमा भने केही जानकारी बाहिरिएको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।