मंगलवार, श्रावण १९,२०८३ 10:15:00
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:15:00
Bizshala
Global IME Bank Limited

निर्वाचन आयोगलाई तत्काल चुनावको तयारी थाल्न प्रधानमन्त्रीको आग्रह

निर्वाचन आयोगलाई तत्काल चुनावको तयारी थाल्न प्रधानमन्त्रीको आग्रह
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तत्काल गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।  

उक्त अवसरमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपेटिकासहितका सामग्री मौज्दात रहेको बताए ।  

यस्तै उनले अभाव हुने सामग्री स्वदेशमै उत्पादित वस्तुलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक ढंगले खरिद गरिने समेत बताए ।  

 प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको बताइन् । उनले आयोगलाई आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने प्रतिबद्धता समेत जाहेर गरिन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.