काठमाण्डौ । तीन मन्त्रीले पदबाट राजीनामा दिएपछि शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार उक्त तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएपछि मन्त्रालयहरू रिक्त भएका थिए।
प्रधानमन्त्रीले अस्थायी रूपमा ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रशासनिक निरन्तरता कायम रहने र नीतिगत निर्णयमा समन्वय सहज हुने विश्वास सरकारको छ।

