• शुक्रबार, भाद्र २७,२०८२ 05:38:39
Global IME Bank Limited

जेन-जीलाई उधारो सम्झौतामा हस्ताक्षर गराउने प्रयास, सुशीला कार्कीको नियुक्ति र सपथको तयारी

Hyundai Nepal
जेन-जीलाई उधारो सम्झौतामा हस्ताक्षर गराउने प्रयास, सुशीला कार्कीको नियुक्ति र सपथको तयारी

काठमाण्डौ । संसद विघटनको बटमलाइन जेनजी अभियन्ताहरुले नछाडेपछि स्थगन भएको वार्ता पुनः सुरु हुँदैछ ।  

दिउँसो २ बजे तोकिएको वार्ताका लागि केहीबेरअघि राष्ट्रपतिसँग छलफल गर्न नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल शितल निवास पुगेका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेनापति शितल निवास पुग्नुअघि नै राष्ट्रपतिले जेनजी अभियानका केही अभियन्ताहरुलाई बोलाएर छलफल गरेका थिए ।  

निर्णायक भनिएको छलफल भने २ बजेपछि सुरु हुने शितल निवास स्रोतले जनाएको छ । त्यसकै लागि सेनापति त्यहाँ पुगेका हुन् ।  

अब राष्ट्रपति, सेनापति, जेनजीको तर्फबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्की तथा कानून व्यवसायीबीच त्यहाँ छलफल हुने बुझिएको छ ।  

जेन जीको तर्फबाट आफूहरुको बटमलाइन भन्दै संसद विघटनको माग अगाडि सारिएपछि हिजै राति आउने निश्कर्ष रोकिएको छ । जेनजीहरुले राष्टपतिबाट संसद विघटनको घोषणा गरिनुपर्ने अडानलाई छाडेका छैनन् ।  

तर राष्ट्रपति भने संसद विघटन नगरी अन्तरिम सरकार गठन गर्ने तयारीमा छन् । उनले संविधानविदहरुसँग अहिलेकै संविधानभित्र रहेर संसद समेत रहेको अवस्थामा संसदभन्दा बाहिर रहेको व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउने सकिन्छ भन्ने कानूनी बाटोहरुको विषयमा पर्याप्त छलफल गरेका छन् ।  

संसदका ठूलादेखि साना दलहरुले समेत अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन गरिसकेका छन् । त्यसकारण प्रधानमन्त्रीमा सुशीला कार्की आउने निश्चित भए पनि सिंगो वार्ता संसद विघटनको मुद्दाले अड्किएको छ । यो विषयलाई कसरी टुंगो लगाइन्छ भन्ने कुरा देशविदेशले चासोको साथ हेरिरहेको छ ।  

जेनजीहरुले राखेका संसद विघटन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका विषयहरुमा पुराना दलले उधारोमा सहमति गराउनसक्ने खेल पनि सुरु भएको स्रोतहरु बताउँछन् । अहिले जेनजी अभियन्ताहरुलाई उनीहरुका माग पूरा हुनेमा आश्वस्त पार्ने र धोका नहुने ग्यारेण्टीसहित अन्तरिम सरकार गठन गरिहाल्ने हतारोमा राष्ट्रपति देखिएका छन् ।  

जेनजीहरु आफ्ना मागप्रति लचक भए वा उधारो सहमति गर्न तयार भए भने आजै अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनेछिन् ।  

शितल निवासले शुक्रबार बिहान नै गृहमन्त्रालय र अन्य तालुकदार मन्त्रालयलाई पत्र पठाई नयाँ प्रधानमन्त्रीको सपथ समारोहका तयारी गर्न भनिसकेको छ ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.