बिहीबार, असार ११,२०८३ 02:13:49
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:13:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री सुशीला कार्कीले भोलि साँझ राष्ट्रलाई सम्बोधन गर्दै

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री सुशीला कार्कीले भोलि साँझ राष्ट्रलाई सम्बोधन गर्दै

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालय नजिकको स्रोतका अनुसार उक्त सम्बोधनको सम्पूर्ण व्यवस्थापन सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत भइरहेको छ।

New Office
CG Motors
Garima Development Bank

कार्की प्रधानमन्त्री बनेको तीन सातामै सार्वजनिक सम्बोधनमा उत्रिन लागेकी हुन्। जेनजीहरूले २३ र २४ भदौमा गरेको तीव्र प्रदर्शनपछि उनी २७ भदौमा प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन्। त्यसयता, उनको सरकार विवादास्पद निर्णय-प्रतिनिधिसभा विघटनमा उत्रिँदै आगामी २१ फागुनमा नयाँ निर्वाचन मिति घोषणा गरिसकेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भोलिको सम्बोधनले आगामी निर्वाचन, सरकारको प्राथमिकता तथा हालका राजनीतिक द्वन्द्वबारे स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ। राजनीतिक स्थिरता र जनताप्रतिको भरोसा पुनः स्थापित गर्ने दिशामा कार्कीको यो सम्बोधन महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.