मंगलवार, श्रावण १९,२०८३ 10:21:23
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:21:23
Bizshala
Global IME Bank Limited

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी ३ सदस्यीय निर्णय प्रावधान अस्वीकार, अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्  सम्बन्धी ३ सदस्यीय निर्णय प्रावधान अस्वीकार, अध्यादेश पुनर्विचारका लागि फिर्ता
New Office

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन्।

सरकारले ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिबाटै निर्णय गर्न सकिने व्यवस्था प्रस्ताव गरेपछि राष्ट्रपति पौडेलले उक्त प्रावधान अस्वीकार गरेका हुन्।  

उनले यसअघि पनि यस्तै प्रकारका व्यवस्थाप्रति आपत्ति जनाउँदै आएका थिए।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने र प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता तथा उपसभामुख सदस्य रहने व्यवस्था छ।  

प्रचलित कानूनअनुसार बैठक बस्न अध्यक्षसहित कम्तीमा चार सदस्यको उपस्थिति आवश्यक पर्छ।

तर, नयाँ प्रस्तावमा यो संख्या घटाएर ३ जनाबाटै निर्णय गर्न सकिने व्यवस्था गरिएको थियो। 

राष्ट्रपति पौडेलले यसलाई संविधानको भावना, शक्ति सन्तुलन र लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै पुनर्विचार गर्न फिर्ता पठाएका हुन्।

यसअघि पनि विभिन्न समयमा ल्याइएका यस्तै प्रकृतिका प्रस्तावमा राष्ट्रपतिले बहुमतमा आधारित निर्णय प्रणाली कमजोर हुने भन्दै असहमति जनाउँदै आएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.