काठमजाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले उर्जा क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्न ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान साढे ११ बजे हुने भेटवार्तामा उर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीका समस्या, नीतिगत चुनौती तथा सुधारका सम्भावित उपायबारे छलफल हुने बताइएको छ।
पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीसँग भेटवार्ता गर्दै आएका छन्। सोही क्रममा उर्जा उद्यमीसँग पनि प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

