सोमबार, बैशाख ७,२०८३ 05:50:03
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:50:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्रोकरहरुको आन्तरिक विश्लेषण: नेप्से चाँडै ३००० माथि, सरकार गठनपछि नयाँ रेकर्ड !

Bizshala
ब्रोकरहरुको आन्तरिक विश्लेषण: नेप्से चाँडै ३००० माथि, सरकार गठनपछि नयाँ रेकर्ड !
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व सफलता हाल लागेको छ । जनताले रास्वपालाई दुईतिहाई बहुमत नजिकको मत दिएका छन् । योसँगै अब ५ वर्षसम्म(पूरा कार्यकाल) रास्वपाले सरकार चलाउनेछ । स्थिर सरकार र उसले बनाउने नीति समेत स्थिर हुने निश्चित भएपछि सेयर बजारले प्रतिक्रिया स्वरुप राजनीतिक परिणाम र नयाँ कोर्स करेक्सनलाई भव्य स्वागत गरेको छ ।  

रास्वपाको एकल बहुमतको सरकार बन्ने र यसले नीतिगत अस्थिरताको पुरानो रोग निको भई मुलुकमा आर्थिक विकासको युग सुरु हुनेमा निजी क्षेत्र आशावादी देखिएको छ । निजी क्षेत्रका अगुवाहरुले रास्वपाको प्रचण्ड बहुमतको सरकार बन्ने निश्चित भएसँगै विभिन्न क्षेत्रमा लगानी बढाउने सार्वजनिक घोषणा गरिसकेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

 राजनीतिमा देखिएको नयाँपन र निकै सहज अवस्थालाई सेयर बजारका लगानीकर्ताहरुले समेत हरियो कार्पेटले स्वागत गरेका छन् । यसकै फलस्वरुप चुनावलगत्तै सोमबार खुलेको सेयर बजारमा लगातार तीनवटा सर्किट ब्रेक नै लगाउनुपर्ने अवस्था बन्यो । एकैदिन नेप्से १६२ अंकले बढ्यो भने सबै लगानीकर्ताको पोर्टफोलियोमा राम्रो बढोत्तरी भयो ।  

अघिल्लो दिन १६२ अंकले बढेको बजारमा मंगलबार(आज) ३२ अंकको हेल्दी करेक्सन देखियो । बजारमा प्रफिट बुक गर्ने र खरीदारी बढाउनेहरुबीच रोचक प्रतिस्पर्धा देखियो । किन्नेभन्दा बिक्री गर्ने थोरै बढी हाबी भए पनि समग्रमा बजार प्रवेश गर्ने रिटेल लगानीकर्ताहरुको लहर नै देखियो । केही ठूला र संस्थागत लगानीकर्ताहरुले पनि मंगलबारदेखि नै बजार प्रवेशको काम सुरु गरे ।  

यी सबै कारणले सेयर बजारमा महिनौपछि साढे २१ अर्बको कारोबार भयो । अघिल्लो दिनको १६२ अंकको बढोत्तरी र भोलिपल्टको ३२ अंकको करेक्सनका बीच कारोबार रकम उच्च देखिनुले बजारका लगानीकर्ताहरु थप उत्साहित छन् ।  

राजनीतिको आकाशमा लामो समयदेखि मडारिएको कालोबादल फाट्ने निश्चित भएपछि सेयर बजारमा महत्वपूर्ण भूमिका खेल्ने ब्रोकर(सेयर दलाल)हरु समेत उत्साहित देखिएका छन् । उनीहरुको भनाईमा मंगलबार बिक्रीको चाप देखिनु पछाडिको कारण उनीहरुले हिसाब मिलान गर्नका लागि दिएको सप्लाई पनि एक हो । तर, भोलिदेखि अवस्था त्यस्तो हुनेछैन, नेप्से लयमा फर्किने उनीहरुको विश्वास छ ।  

हिजो बजारमा सर्किट ब्रेक लागेदेखि नै ब्रोकर कम्युनिटीबीच बजारको भविष्यलाई लिएर घनिभूत छलफल र विश्लेषण समेत भएको एक ब्रोकरले जानकारी दिए । 

CG Motors
Garima Development Bank
IME remit

'हामी सबै ब्रोकरहरुको एउटै निश्कर्ष छ- बजार अब बढ्छ ।' ती ब्रोकरले भने- 'ठूला लगानीकर्ताको पनि अब प्रवेश हुन थाल्छ र भोल्युमको उच्च सपोर्टसहित बजारले भरपर्दो उकालो यात्रा सुरु गर्छ।'  

ब्रोकरबीच भएको केही चरणका छलफलपछि निस्किएको अर्को निश्कर्ष सुनाउँदै अर्का एक ब्रोकरले भने-'बजारले अब यसअघिको अलटाईम हाईको रेकर्ड ब्रेक गर्न सक्छ । हाम्रो कम्युनिटीमा भएको छलफलपछिको निश्कर्ष भनेको बहुमतको सरकार गठनअघिसम्म नेप्सेले ३१०० सम्मको यात्रा तय गर्ने भन्ने छ । रास्वपा नेतृत्वको सरकार गठनपछि भने बजारले अझै माथि गएर अलटाईम हाईको पुरानो रेकर्ड ब्रेक गर्नेछ । हिजोबाट सुरु भएको पोजिटिभ सेन्टीमेन्ट्सका कारण नेप्से निकट भविष्यमै ४०० देखि ५०० विन्दूसम्म माथि जाने हाम्रो विश्लेषण छ ।'  

मंगलबार करेक्सन आएपछि नेप्से परिसूचक २८४३ विन्दूमा सीमित भएको छ । यदि ब्रोकरहरुले निकालेको सामूहिक निश्कर्षअनुसार नै बजारको भविष्य तय भए नेप्से परिसूचक निकट भविष्यमै ३२०० भन्दा माथिको यात्रामा अगाडि बढ्ने देखिन्छ ।  

हालसम्म सेयर बजार परिसूचक ३२०० भन्दा केही माथि मात्र गएको रेकर्ड छ । बजारलाई चाहेको समयमा घटाउने र बढाउने भूमिका समेत खेल्ने तथा लगानीकर्ताहरुको खरिदबिक्रीको निर्णयमा हाबी हुनेसम्मको क्षमता राख्ने ब्रोकरहरुको सामूहिक र समान खालको विश्लेषणलाई आधार मान्ने हो भने नेप्से परिसूचक ३२०० विन्दू पार गर्नका लागि आवश्यक सबै आधारहरु तयार भएका छन् ।  

'ब्याजदर इतिहासकै सस्तो अवस्थामा छ । बजार लामो समयसम्म साइडवेजमा धकेल्ने एउटा प्रमुख फ्याक्टर राजनीतिक अन्यौल पनि हटेको छ ।' अर्का एक ब्रोकरले भने-' सेयर बजारका लागि ल्याउनुपर्ने जति अनुकूल व्यवस्था मौद्रिक नीतिमा आइसकेको छ । धितोपत्र बोर्डले मार्जिन कारोबार लगायत बजारलाई चाहिने आवश्यक ग्राउण्डहरु प्रशस्तै तयार गरिदिएको छ । लगानीकर्ताको उत्साह र मनोबल ऐतिहासिक रुपमा उच्च विन्दूमा छ । अब बजार नबढी सुखै छैन ।'  

कतिपय सेयर विश्लेषक तथा विज्ञहरु भने आन्तरिक इण्डीकेटरहरु सबै सकारात्मक भए पनि रेमिटान्समा आधारित अर्थतन्त्र भएको मुलुकमा बिग्रदो अन्तर्राष्ट्रिय परिस्थितिले नकारात्मक प्रभाव पार्नसक्छ । 'रेमिटान्समै असर पर्यो भने नेपालको सेयर बजार पनि अन्य देशको जस्तै घट्नसक्छ ।' सेयर विश्लेषक अजय सिंह थापा(जय शम्भू) भन्छन्-'त्यसकारण अहिलेको अवस्थामा धेरै नै सचेत र सन्तुलित भएर लगानीकर्ताले निर्णय लिनुपर्छ ।'  

उनको भनाईमा कच्चा तेलको मूल्य उछालको गतिमा दौडिरहेको बेला आयातको ठूलो हिस्सा इन्धन खरीदमा खर्च गर्ने नेपालजस्तो मुलुकमा ढुवानी खर्च ह्वात्तै बढेर महंगी बढ्नसक्ने जोखिमजस्ता विषयहरुमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । यी अन्तराष्ट्रिय परिघटनाहरुले समेत नेपालजस्तो मुलुकको आर्थिक वृद्धिदरमा भूमिका खेल्ने भएकोले यसमा समेत लगानीकर्ताहरुले सचेततापूर्वक विश्लेषण गर्नुपर्नेमा उनको जोड छ ।  

(नोट: यो विश्लेषण तथा समाचार सेयर बजारमा कारोबारका लागि सिफारिस होइन । बजारमा खरीदबिक्री गर्दा आफैंले अध्ययन गरेर निर्णय गर्नुपर्छ । कम्पनीको वित्तीय सूचकहरुको विषय र भविष्यमा गर्नसक्ने प्रगति लगायतलाई आधार मानेर खरीदबिक्रीको निर्णय गर्नु बुद्धिमता हुनेछ।)-सम्पादक

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.