रास्वपा सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका विभिन्न पदका लागि उम्मेदवारी शुल्क निर्धारण गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि फरक–फरक शुल्क तोकेको हो।निर्णयअनुसार सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। साथै, एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर अनिवार्य गरिएको छ।

