काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने व्यवस्था लागू गर्ने भएको छ। भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले पार्टीका संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने अधिकार सभापतिलाई दिने निर्णय गरेको हो ।
पार्टी स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य रहेका थिए। तीमध्ये डा। मुकुल ढकाल हाल पार्टीमा सक्रिय छैनन् भने डिपी अर्याल सांसदका रूपमा कार्यरत छन्।
संशोधित विधानअनुसार रास्वपाले १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ। साथै सातै प्रदेशका सभापति पदेन सदस्यका रूपमा रहने प्रावधान पनि समावेश गरिएको छ।

