बिहीबार, बैशाख ३१,२०८३ 11:01:36
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:01:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बल प्रयोग नगरी सुकुवासीलाई स्थानान्तरण गरिन्छ, जग्गा वितरण चाँडै हुन्छ: प्रधानमन्त्री बालेन

Laxmi Sunrise Bank Limited
बल प्रयोग नगरी सुकुवासीलाई स्थानान्तरण गरिन्छ, जग्गा वितरण चाँडै हुन्छ: प्रधानमन्त्री बालेन
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री बालेन साहले हरेक वर्ष आउने बाढीका कारण उपत्यकाका नदी तथा खोला किनारमा बसोबास गर्दै आएका हजारौँ नागरिक प्रभावित हुने क्रम जारी रहेकाले सरकार यस समस्याको दीर्घकालीन समाधानतर्फ केन्द्रित भएको जनाएका छन् ।

सरकारले विगत वर्षहरूमा बारम्बार दोहोरिने विपद् अवस्थालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना अघि बढाएको साहले बताएका छन् । फेसबुकमा पोस्ट गर्दै उनले यस कदमले नागरिकको ज्यान सुरक्षासँगै उनीहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको समेत उल्लेख गरेका छन्।

Bizshala
New Office
CG Motors

नदीकिनारका अव्यवस्थित बस्तीका कारण काठमाण्डौ उपत्यकाको ढल निकास प्रणाली प्रभावित हुँदै आएको र यसले नदी तथा खोलाहरू प्रदूषित बनाएको तथ्य पनि उनले औँल्याइएका छन्। योजनाबद्ध स्थानान्तरणपछि ढल व्यवस्थापन प्रणालीलाई सहज बनाउने तथा वातावरणीय सुधारमा सहयोग पुग्ने विश्वास उनको छ।

उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका बस्तीहरूलाई मानवीय दृष्टिकोण अपनाउँदै, बल प्रयोग नगरी व्यवस्थित रूपमा स्थानान्तरण गर्ने स्पष्ट पारेका छन्। प्रभावित नागरिकको सम्मान र अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइने जनाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै, सरकारले वास्तविक सुकुम्बासी र अतिक्रमणकारीबीच स्पष्ट पहिचान गरी नीतिगत रूपमा समाधान गर्ने तयारी गरेको प्रधानमन्त्री साहको भनाई छ। देशभर रहेका वास्तविक सुकुम्बासी परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी यथासक्य छिटो जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि उनले दोहोर्‍याइएका छन्।

वर्षौँदेखि समाधानको पर्खाइमा रहेको सुकुम्बासी समस्या यसपटक स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित सरकार अघि बढेको उनले लेखेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.