बुधबार, असार १०,२०८३ 10:54:44
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:54:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?

Laxmi Sunrise Bank Limited
रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ बन्ने मन्त्रिपरिषद्लाई पूर्णता दिन अन्तिम चरणको कसरत तीव्र बनाएको छ। प्रधानमन्त्री पदका लागि अघि सारिएका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच मन्त्री चयनका विषयमा उच्चस्तरीय छलफल जारी रहेको छ।

New Office
CG Motors
Garima Development Bank

बुढानिलकण्ठस्थित लामिछानेको निवासमा दुई नेताबीच मन्त्रिपरिषद्को आकार र सम्भावित अनुहारहरूबारे गहन परामर्श भइरहेको स्रोतले जनाएको छ। संसद्‌मा शपथ ग्रहण सकेपछि दुवै नेता पार्टी मुख्यालय बनस्थली पुगेर आन्तरिक बैठकहरूमा सहभागी भएका थिए।

केन्द्रीय समिति र संसदीय दलको बैठकबाट बालेनलाई संसदीय दलको नेता चयन गरिएसँगै प्रधानमन्त्री बन्ने औपचारिक बाटो खुलेको हो। त्यसपछि सरकार गठनलाई अन्तिम रूप दिन शीर्ष तहमा निरन्तर छलफल चलिरहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक उच्च स्रोतका अनुसार प्रारम्भिक सूची लगभग तयार भइसकेको छ र अब अन्तिम सहमति जुटाउने काम मात्रै बाँकी छ। “शुक्रबार नै प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ गराउने गरी आजै टुङ्गोमा पुग्ने तयारी छ,” स्रोतले जनाएको छ।

रास्वपाले अधिकतम १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने लक्ष्य राखेको छ। अर्थमन्त्रीमा उपसभापति डा. स्वर्णिम वाग्ले रहने लगभग निश्चित भए पनि अन्य मन्त्रालय र मन्त्रीहरूको नाम भने अझै अन्तिम निर्णयको प्रतीक्षामा छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.