काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको हो।
भेटवार्तामा बाढीपछि जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरणलगायतका विषयमा छलफल भएको जनाइएको छ। साथै, बाढीका कारण क्षतिग्रस्त भएका पूर्वाधारलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने उपायबारे पनि प्रधानमन्त्री शाह र नेता पुनबीच विचारविमर्श भएको थियो।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको वर्तमान अवस्था, नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउने विषयमा भेटवार्तामा विशेष जोड दिइएको बताइएको छ।
प्रधानमन्त्री शाहसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समेत भेटवार्ता गर्नुभएको थियो। भेटमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा राहत, उद्धार र पुनःस्थापनाका विषयमा छलफल भएको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।