बुधबार, असार १०,२०८३ 10:54:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:54:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग संवाद गर्ने

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग संवाद गर्ने

काठमाण्डौ । आज प्रधानमन्त्रीको नेतृत्वमा विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल हुँदैछ। बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

प्रधानमन्त्री कुलपति रहने विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई आमन्त्रण गरिएको यस बैठकमा नीतिगत सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा प्रशासनिक दक्षताका विषयमा गहन विमर्श हुने अपेक्षा गरिएको छ। विशेषगरी लामो समयदेखि देखिँदै आएका संरचनागत समस्या, शैक्षिक क्यालेन्डरको अनियमितता, जनशक्ति व्यवस्थापन, तथा वित्तीय पारदर्शिताका मुद्दाहरू प्राथमिकतामा रहने बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन्। साथै, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का प्रतिनिधिहरू पनि उपस्थित रहनेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी प्राविधिक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्थाहरू जस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूसँग समेत नीति–स्तरमा समन्वय गर्ने उद्देश्य राखिएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका प्रतिष्ठानहरू पनि छलफलमा सहभागी हुनेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.