बिहीबार, बैशाख ३१,२०८३ 11:02:21
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:02:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

फुल गियरमा गृह प्रशासन: एकान्तकुनामा ‘बिचौलिया क्लिनअप’, १५ जना नियन्त्रणमा

Laxmi Sunrise Bank Limited
फुल गियरमा गृह प्रशासन: एकान्तकुनामा ‘बिचौलिया क्लिनअप’, १५ जना नियन्त्रणमा
Shivam Cement

काठमाण्डौ । सेवाग्राहीमाथि हुने हैरानी र अवैध असुली नियन्त्रण गर्न गृह प्रशासन फुल गियरमा उत्रिएको छ। सोही अभियानअन्तर्गत यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Bizshala
New Office
CG Motors

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले ‘स्पट अपरेशन’ सञ्चालन गर्दै सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा रकम असुल्ने समूहलाई समातेको हो। कार्यालय परिसरमै सक्रिय भएर ‘फास्ट ट्रयाक’को नाममा सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएर कारबाही अघि बढाएको जनाएको छ।

पक्राउ परेकाहरूलाई अहिले प्रहरी वृत्त सातदोबाटोमा राखेर विस्तृत अनुसन्धान भइरहेको ललितपुर प्रहरीका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

प्रहरी स्रोतका अनुसार पछिल्लो समय सार्वजनिक सेवा कार्यालयहरूमा बिचौलियाको प्रभाव बढ्दै गएपछि यस्तो ‘क्लिनअप अपरेशन’ सुरु गरिएको हो। अब अन्य कार्यालयहरूमा पनि यस्तै निगरानी र कारबाही विस्तार हुने संकेत गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.