शुक्रबार, भाद्र ५,२०८३ 03:02:45
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 03:02:45
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजीः प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजीः प्रधानमन्त्री कार्यालय
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको प्रकृतिबारे प्रश्न गरेपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले उक्त भ्रमण निजी रहेको बताएका हुन्।

‘सम्माननीयको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ,’ प्रवक्ता अर्यालले भने।

Bizshala
CG Motors

प्रधानमन्त्री शाह शुक्रबार काठमाण्डौ उपत्यकाबाट सडकमार्ग हुँदै पोखरा पुगेका छन्। पोखराबाट उनी मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर सार्वजनिक रूपमा चासो बढिरहेका बेला प्रधानमन्त्री कार्यालयले भने यसलाई सरकारी वा औपचारिक भ्रमण नभई निजी भ्रमणका रूपमा व्याख्या गरेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.