बिहीबार, चैत्र २१,२०८१ 04:03:37
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:03:37
IME remit
Global IME Bank Limited

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

Hyundai Nepal
अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । कुल २० वटा बैंकमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । यस्तै ९ वटा बैंकले अघिल्लो महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् भने एउटा माबै बैंकले ब्याजदर वृद्धि गरेको छ ।  

कात्तिक महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.१९ प्रतिशत कायम भएको छ । असोज महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत थियो ।  

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ४.९२ प्रतिशत कायम भएको छ । असोज महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.१० प्रतिशत थियो ।  

कात्तिक महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.९९ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल बैंक लिमिटेड

बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ ।  बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले यहि ब्याजदर प्रदान गरेको थियो ।  

एभरेष्ट बैंक  

बैंकले कात्तिक महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगतको ब्याजदर घटाएको छ भने संस्थागततर्फ स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

सानिमा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असोज महिना क्रमशः ५.९ र ४.३० प्रतिशत कायम रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असोज महिनामा पनि यहि कायम थियो ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले क्रमशः६.५ र ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

नबिल बैंक  

कात्तिक महिनाका लागि नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर दिएको थियो ।  

एनएमबी बैंक  

बैंकले पनि कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन असोज महिनामा क्रमशः७ र ६ प्रतिशत थियो ।  

कृषि विकास बैंक  

बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५६ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन असोज महिनाका लागि क्रमशः६.०७ र ३.७५ प्रतिशत कायम थियो ।  

माछापुच्छ्रे बैंक  

बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.