सोमबार, श्रावण १८,२०८३ 04:50:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:50:46
Bizshala
Global IME Bank Limited

सानिमा बैंकले वैशाख महिनाका लागि सार्वजनिक गर्‍यो ब्याजदर,व्यक्तिगत र संस्थागततर्फ कति ?

सानिमा बैंकले वैशाख महिनाका लागि सार्वजनिक गर्‍यो ब्याजदर,व्यक्तिगत र संस्थागततर्फ कति ?
New Office

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ७.२५ प्रतिशत ब्याजदरको तुलनामा कम हो ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.७५ प्रतिशत,६ महिनादेखि १२ महिनाका लागि ६.५० प्रतिशत,१२ महिनादेखि १८ महिनाका लागि ७ प्रतिशत र १८ महिनादेखि माथिको अवधिका लागि पनि ७.१० प्रतिशत ब्याजदर कायम गरेको छ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकका संस्थागत निक्षेपकर्ताले वैशाख महिनाका लागि ६ महिनाभन्दा माथिको अवधिका लागि ६.१० प्रतिशत ब्याजदर पाउने छन् । चैत महिनामा संस्थागत निक्षेपकर्ताका लागि ६.२५ प्रतिशत ब्याजदरको व्यवस्था थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.