सोमबार, असार २,२०८२ 06:55:18
  • सोमबार, असार २,२०८२ 06:55:18
Global IME Bank Limited

साउनका लागि पनि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

Hyundai Nepal
साउनका लागि पनि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
Nabil Bank Limited

काठमाण्डौ । साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  

जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७४ प्रतिशत कायम भएको छ । असार महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८७ प्रतिशत थियो । यसरी साउन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ ।  

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.४८ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१२ प्रतिशतविन्दुले कम हो । असार महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत थियो ।  

साउन महिनाका लागि २ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन् भने १३ वटाले घटाएका छन् । यस्तै ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।  

साउन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल बैंक लिमिटेड

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकको व्यक्तिगततर्फ अधिकतम ६.७५ र संस्थागतर्फको अधिकतम ४.७५ प्रतिशत ब्याजदर कायम थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुमारी बैंक  

कुमारी बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागतर्फ ५.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७६ प्रतिशत र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले साउन महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि  व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ ।  बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

एभरेष्ट बैंक  

बैंकले साउन महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ६.३० र संस्थागततर्फ अधिकतम ५.३० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.७५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

एनएमबी बैंक  

बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

हिमालयन बैंक  

हिमालयन बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततर्फ ६.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिएको थियो ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

सानिमा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असार महिना क्रमशः ६.८ र ५.८ प्रतिशत कायम रहेको थियो ।  

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले साउन महिनाका लागि ब्याजदरमा कटौति गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

माछापुच्छ्रे बैंक  

साउन महिनाका लागि बैंकले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ  । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर दिएको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

ग्लोबल आइएमई बैंक  

बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।  

नबिल बैंक  

साउन महिनाका लागि नबिल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.