काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।
कात्तिक महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ४.८१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.३१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.८१ प्रतिशत ब्याजदर पाउनेछन् ।
कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.५१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.०१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.५१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ६.०१ प्रतिशत ब्याजदर पाउनेछन् ।
त्यस्तै संस्थागत तर्फ कात्तिक महिनामा अधिकतम ५.०१ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय बैंकले गरेको छ । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.०२७ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२५ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४.०१ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ५.०१ प्रतिशत ब्याजदर पाउने छन् ।