काठमाण्डौ । देशमा सञ्चालित वाणिज्य बैंकहरूले वैशाख महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन्। एउटा बैंकले भनृ बढाएको छ । वैशाख महिनामा ४.४ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर जेठमा ४.३४ प्रतिशत कायम भएको छ।
जेठ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?
एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपाल बैंक लिमिटेड
बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेका छ । वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेका छ ।
प्रभु बैंक
प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंक
बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले जेठ महिनाका व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको बढाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५५ प्रतिशत र संस्थागतको ३ प्रतिशत ब्याजदर रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ब्याजदरमा कुनैपनि परिवर्तन गरेको छैन । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
सानिमा बैंक
सानिमा बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
ग्लोबल आइएमई बैंक
बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनएमबी बैंक
बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले वैशाख महिनामा भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।
कृषि विकास बैंक
बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक
बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले ब्याजदर घटाएको छ। बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.९६ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले वैशाख महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१२ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि ब्याजदर ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका व्यक्तिगततर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ ।
नबिल बैंक
बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

