बुधबार, बैशाख १०,२०८२ 03:54:41
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 03:54:41
IME remit
Global IME Bank Limited

ब्याजदर घटाउनेभन्दा बढाउने बैंक धेरै, एनएमबीद्वारा एकैपटक १८.४९% ले वृद्धि

Hyundai Nepal
ब्याजदर घटाउनेभन्दा बढाउने बैंक धेरै, एनएमबीद्वारा एकैपटक १८.४९% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । केही वाणिज्य बैंकहरुको अभ्यासलाई हेर्ने हो भने निक्षेपको ब्याजदर भविष्यमा क्रमशः बढ्नसक्ने देखिएको छ ।  

मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाउने भन्दा बढाउने बैंकको संख्या बढी देखिएको हो । यसले ब्याजदरको बढ्दो प्रवृतितर्फ संकेत गरेको छ ।

मंसिरको तुलनामा पुसमा ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन्। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

घटाउनेमा चाहिँ नेपाल बैंक र एनआईसी एशिया बैंक रहेका छन् । लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, राष्ट्रि«य वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।  

बढाउनेले कति बढाए ?

प्राइम कमर्सियल बैंकले पुस १ गतेदेखि लागू हुने गरी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ । 

Muktinath Bikas Bank Limited

मंसिरमा ३ देखि ६ महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।

एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ । यस्तै, संस्थागततर्फको ब्याजदर  ४.५७ प्रतिशतबाट बढाएर ५.६ प्रतिशत पुर्याएको छ । यसरी हेर्दा एनएमबिले १८.४९ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको देखिएको छ।  

कृषि विकास बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ यथावत राखेको छ ।  

घटाउनेले कति घटाए ?

एनआईसी एशिया बैंकले मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाएको छ ।  

व्यक्तिगत मुद्दति निक्षेपतर्फ मंसिरमा रहेको ६.७९ प्रतिशतको अधिकतम ब्याजदरलाई घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो । यस्तै, संस्थागतको ५.७९ प्रतिशतलाई घटाएर ५.६ प्रतिशतमा झारेको छ ।  

नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ भने संस्थागतर्फको ४.९५ प्रतिशतलाई घटाएर ४.७ प्रतिशतमा झारेको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.