प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग
काठमाण्डौ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ ।उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।