काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकका ग्राहकहरु र समुदायमा रहेका सदस्यहरुलाई मुटुसम्बन्धी चेतना जगाउने उद्देश्यले बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने बिश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वास्थ्य परिक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरु उपलब्ध गराएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                