काठमाण्ठौ । नबिल बैकले भदौ महिनाका लागि आफ्ना मुद्दती निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
बैंकले साउन महिनाका लागि पनि यहि ब्याजदर प्रदान गरेको थियो । भदौ महिनाका लागि ३ महिनादेखि १ वर्षसम्म मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्ताले ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ६.५० र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर पाउने छन् ।
यस्तै संस्थागत निक्षेपकर्ताले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा पैसा राख्दा ४ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ४.५० प्रतिशत,२ वर्षदेखि ५ वर्षसम्मका लागि ५.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६ प्रतिशत ब्याज पाउने छन् ।