सोमबार, श्रावण १८,२०८३ 03:34:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:24
Bizshala
Global IME Bank Limited

असार महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?

असार महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?
New Office

काठमाण्डौ । देशमा सञ्चालित वाणिज्य बैंकहरूले असार महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। असार महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल बैंक लिमिटेड

बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेका छ ।

प्रभु बैंक  

प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

एभरेष्ट बैंक  

बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले असार महिनाका व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनैपनि परिवर्तन गरेको छैन । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१० प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदरमा कुनैपनि परिवर्तन गरेको छैन । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक  

सानिमा बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखे्को छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४।२५ प्रतिशत र संस्थागततर्फ २।७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  ।  

ग्लोबल आइएमई बैंक  

बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । यो ब्याजदर जेठ महिनाकै निरन्तरता हो ।

एनएमबी बैंक  

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले जेठ महिनामा भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

कृषि विकास बैंक  

बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

माछापुच्छ्रे बैंक  

बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

कुमारी बैंक  

कुमारी बैंकले ब्याजदर घटाएको छ। बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.६१ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले जेठ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.९६ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि ब्याजदर ब्याजदर घटाएको छ । बैंकले असार महिनाका व्यक्तिगततर्फ अधिकतम ३.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याज दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ। बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको थियो ।

नबिल बैंक  

बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.