आईतवार, असार २२,२०८२ 06:01:23
  • आईतवार, असार २२,२०८२ 06:01:23
Global IME Bank Limited

कुमारी बैंकले घटायो असार महिनाका लागि ब्याजदर,कुनमा कति पाइन्छ ?

Hyundai Nepal
कुमारी बैंकले घटायो असार महिनाका लागि ब्याजदर,कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।  

असार महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर पाउने छन् । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना अवधिका लागि ५.२६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ प्रतिशत र ३ वर्ष अवधिका लागि ६.५६ प्रतिशत ब्याजदर पाउनेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कुमारी मोबाइल स्मार्ट एपका ग्राहकले भने ३ देखि ६ महिना अवधिका लागि ५.४६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५.७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ र ३ वर्षभन्दा माथिको अवधिका लागि ६.७६ प्रतिशत ब्याजदर पाउनेछन् ।    

त्यस्तै संस्थागत तर्फ जेठ महिनामा अधिकतम ६.२६ प्रतिशत ब्याजदर पाएका बैंकका संस्थागत ग्राहकले असार महिनामा भने अधिकतम ५.६१ प्रतिशत ब्याजदर पाउने छन् । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा ४.२६ प्रतिशत र १ वर्षदेखि ३ वर्षसम्म अवधिका लागि ५.०१ र ३ वर्षभन्दा माथिको अवधिका लागि भने ५.६१ प्रतिशत ब्याजदर पाउने छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.