मंगलवार, कार्तिक ३,२०८३ 03:28:05
  • मंगलवार, कार्तिक ३,२०८३ 03:28:05
Global IME Bank Limited

कुमारी बैंकले घटायो व्यक्तिगत मुद्दतीको ब्याजदर, संस्थागतको भने बढायो

Bizshala
कुमारी बैंकले घटायो व्यक्तिगत मुद्दतीको ब्याजदर, संस्थागतको भने बढायो
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ ।    

चैत महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् ।  चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ४.८१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.४१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.८१ प्रतिशत ब्याजदर पाउनेछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दतीतर्फ बैंकले अधिकतम ५.९१ प्रतिशत ब्याजदर दिएको थियो ।  

कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.५१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.०१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.६१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ६.०१ प्रतिशत ब्याजदर पाउनेछन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, संस्थागत तर्फ चैत महिनामा अधिकतम ५.०१० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.११० प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.५१० प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४.०१० प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ५.०१० प्रतिशत ब्याजदर पाउने छन् ।  

बैंकले फागुन महिनाका लागि संस्थागत ग्राहकलाई मुद्दती निक्षेपमा अधिकतम ४.९१ प्रतिशत ब्याजदर दिएको थियो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.