काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले माघ १६ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको छ । बैंकले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्ष वा सोभन्दा माथि अवधिका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
त्यस्तै बैंकले संस्थागततर्फ ६.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि यो खाता योजनामा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याजदरको व्यवस्था थियो । व्यक्तिगततर्फ यो खाता योजनामा न्यूनतम १० हजार रुपैयाँ र संस्थागततर्फ ५० हजार रुपैयाँ मौज्जाद राख्नुपर्ने बैंकले जनाएको छ ।
त्यस्तै बैंकले कर्जाको ब्याजदर भने बढाएको छ । प्रोजेक्ट लोनको ब्याजदर ११ देखि १४ प्रतिशत निर्धारण गरिएको छ । यसअघि यसमा ११ देखि १३ प्रतिशतसम्म ब्याजदरको व्यवस्था थियो ।