शनिबार, फाल्गुन १०,२०८१ 08:27:39
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:27:39
IME remit
Global IME Bank Limited

अन्य देशको तुलनामा नेपालको केन्द्रीय बैंक ‘कन्जरभेटिभ’ रहेको गभर्नरको स्वीकारोक्ति

‘यही कारणले यहाँको बैंकिङलाई सानोतिनो झोक्काले छुँदैन’

Hyundai Nepal
अन्य देशको तुलनामा नेपालको केन्द्रीय बैंक ‘कन्जरभेटिभ’ रहेको गभर्नरको स्वीकारोक्ति
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको केन्द्रीय बैंक अन्य देशको तुलनामा अलिक बढी रुढीवादी(कन्जरभेटिभ) रहेको स्वीकार गरेका छन् । तर, यही नीतिका कारण अन्य मुलुकमाजस्तो सानोतिनो समस्याले यहाँको बैंक तथा वित्तीय क्षेत्रलाई नछोएको जिकिर समेत गरे ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने–‘अहिलेको आर्थिक अवस्था निकै राम्रै हुँदै गएको अवस्था छ । बाह्य क्षेत्रको सुधार राम्रो छ । रिकभरिबाहेक बैंक तथा वित्तीय संस्थाहरुको अन्य कुरामा समस्या छैन । पछिल्लो समय प्रभिजनमा कुनै कम्प्रोमाइज भएको देखेको छैनौं । तत्काल प्रफिट केही घटेको जस्तो देखिन्छ । तर घटिरहेको प्रफिट अधिकांश प्रभिजनिङका कारण हो ।’ 

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनले अगाडि भने–‘हाम्रा नम्र्सहरु अलिक कन्जरभेटिभ छन्, हामी अरुभन्दा कन्जरभेटिभ नै छौं । हामीले अरु देशको तुलनामा होशियारीपूर्वक बैंकिङ सिस्टम चलाएका छौं । यहीकारण अन्य ठाउँमा सानो घटनाले बंैक कोल्याप्स भएका छन् । तर यहाँ ठूलै स्ट्रेस हुँदा पनि बैंकहरुलाई गाह्रो नपरेको देखेका छौं ।’

उनले आफूहरुले बैंकिङ सिस्टमलाई दह्रो, सस्टेनेबेल, सुरक्षित सिस्टमको रुपमा विकास गरेको समेत दाबी गरे ।  

उनले आर्थिक शितिलताका कारण केही रिकभरिमा समस्या भए पनि अन्य तथ्यांकले बैंकहरुलाई सपोर्ट गरेको कुरा दोहोर्याए ।

अर्को एक प्रसंगमा उनले ब्याजदर निरन्तर घटिरहेको र कर्जाको ब्याज सिंगल डिजीटमा आउन लागेको दाबी समेत गरे।

‘हामीले नीतिहरुलाई सहजीकरण गर्दै आएका छौं । पोलिसी रेट घटाएको अवस्था छ । तरलताको अवस्था अत्यन्त राम्रो छ, बाह्य क्षेत्र पनि उत्तिकै राम्रो छ । क्रेडिटको डिमाण्ड क्रमशः बढ्ने अपेक्षा राखेका छौं ।’ अधिकारीले भने–‘राष्ट्रिय वाणिज्य बैंकको आधारदर ८.२५ प्रतिशतमा आइसकेको छ । यसको अर्थ यो बैंकले कतिपय कर्जा १०.२५ प्रतिशतभित्र दिनुपर्ने अवस्था बनेको छ । यसरी हेर्दा केही महिनामै वाणिज्य बैंकका अधिकांश कर्जाको ब्याजदर सिंगल डिजीटमा जाने अवस्था देखियो ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.