काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पनि चैत महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा यस्तो देखिएको हो ।
बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३.४४ प्रतिशतले घटाएको छ । फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत रहेको ब्याजदर चैत महिनाका लागि भने ७ प्रतिशतमा झारिएको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ १ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले चैत महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ५ प्रतिशत कायम गरेको छ । बैंकले रेमिट्यान्सतर्फको ब्याजदर पनि ८.२५ बाट ८ प्रतिशतमा झारेको छ ।
त्यस्तै बैंकले हायर पर्चेज कर्जा ४ प्रतिशत,घर कर्जा १४.२५ प्रतिशत,अटो लोन १३.५० प्रतिशत र घडेरी कर्जा १३.५ प्रतिशत कायम गरेको छ ।