काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै लेखा तथा वित्तका लागि ८ जना र आईडी विभागका लागि २ जना टे«नी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले कर्पोरेट कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
आवेदकको शैक्षिक योग्यता सम्बन्धीत क्षेत्रमा कम्तीमा १२ कक्षा उत्तिण गरेको(स्नातक गरेकालाई प्राथमिकता) गरेको हुनुपर्ने उल्लेख गरिएको छ । नेपाली र अंग्रेजीमा राम्रो बोल्न तथा लेख्न सक्ने,अफिस प्याकेज(एमएस वल्र्ड,एक्सेल आदि)को ज्ञान भएको र २५ वर्ष उमेर नकटेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले सीभी,नागरिकताको प्रतिलिपी,पासपोर्ट साइजको फोटो र लिखित आवेदन कम्पनीको वेवसाइटमार्फत आगामी फागुन २१ गतेभित्र दिनुपर्नेछ ।