एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही माघ २९ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

