मंगलवार, आश्विन १३,२०८३ 06:33:06
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:33:06
Bizshala
Global IME Bank Limited

एशियन लाइफको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुँदै

Bizshala
एशियन लाइफको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुँदै
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १८ औं वार्षिक साधारण आज बाराको सिमरामा रहेको होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै बोनस सेयर वितरणपश्चातको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी चालु आवका लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत माघ २९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.